पाल्पा सदरमुकाम तानसेनमा निकालियो बाघजात्रा

तानसेन।  पाल्पाको तानसेनमा बाघ जात्रा नकिालिएको छ । जनैपूर्णिमादेखि नौ दिनसम्म निकालिने जात्राअन्तर्गत शनिवार जिल्ला सदरमुकाम तानसेनका चोकहरुमा बाघ जात्रा निकालिएको हो।

परापूर्वककालमा मानिसको जनसंख्या थोरै हुँदा जंगल नजिकका बस्तीका मानिसलाई बाघले निकै सताउँने हुँदा बाघजात्रा निकाल्ने प्रचलन चलेको जानकारहरु बताउछन् ।

बाघजात्रामा बाजागाजासहित मान्छेलाई बाघका रुपमा सिंगारी बजार परिक्रमा गराइएको छ । पाल्पामा बाघजात्रा पछिल्ला वर्षमा हराउने अवस्थामा पुगेको भन्दै दई समूहले यसको जर्गेणा गर्न लागि परेको बताएका छन् ।

लोप हुने अवस्थामा पुगेको बाघ जात्राको संरक्षण गर्नका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने जात्रा निकाल्दै आएका समूहले बताएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको