माओवादी सरकारले गरेका कार्यले अरू दल अचम्म छन्ः सुर्दशन बराल

तानसेन। नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले सरकारका कामले अन्य दलहरु अचम्मित परेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) वडा नं ३ को वडा कमिटी तिनाउले घर घरमा माओवादी जनजनमा माओवादी अभियानलाई अघि बढाउन सुरु गरेको बैठकलाई सम्बोधन गर्दै बरालले माओवादी नेतृत्वको सरकारले,भ्रष्टाचारीलाई धमाधम जेल कोचेर सुशासन कायम गर्न लागिरहदा स्वयं सत्तामा रहेका दलहरु समेत अचम्म परेको बताए ।

उनले यो अभियानले एमालेका अध्यक्ष केपी ओलीले होस् गुमाएर बर्बराएको बताए । बैठकमा अनुगमन समितिका सदस्य चक्रब्यूह थापा, केन्द्रीय सल्लाहकार अमर सिह प्रधान, प्रदेश सदस्य राजेश श्रेष्ठ र तिनाउका अध्यक्ष दिनेश जिसीलगायतले तीन हिने अभियान र कार्यक्रमका बारेमा पालिकाभित्र गरिने कार्यक्रमका बारेमा बताएका थिए।

सो कार्यक्रममा युवा नेता कमल श्रेष्ठ ,लाल कुमार श्रेष्ठ , हरि पाण्डे ,पदम गाहा ,सोम घर्ती ,छवि गहतराज,सन्तोष परियार,रेवन कुँवर र पम्फा थापाले पार्टीको वर्तमान रणनीति र कार्यकर्ताप्रति दृष्टिकोण बारे धारणा राखेका थिए।

वडा कमिटीका अध्यक्ष हेम बहादुर दर्लामीको अध्यक्षतामा बसेको बैठक वडा कमिटीकी धनमाया दर्लामीको स्वागत मन्तव्य र टंक बस्यालले सञ्चालन सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer