जुरी–नेपालको चौथो सामाजिक परिक्षण सम्पन्न

काठमाडौं । न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल) को चौथो सामाजिक परिक्षण तथा १२ औं बार्षिक साधारण सभा शुक्रबार ललितपुरमा सम्पन्न भएको छ ।

संस्थाबाट सञ्चालित सबै परियोजना अन्र्तगतका गतिविधिको पारदर्शिता र जवाफदेहीता कामय गर्ने उद्देश्य राखी चौथो सामाजिक लेखाजोखा गरेको छ ।

सामाजिक परिक्षण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति माननीय दिलकुमारी थापा (पार्वती)ले जुरी नेपालले संघीय तहको कानून निर्माण प्रक्रियामा संघीय संसदसँग सहकार्य गरेको र अनुसन्धानमा आधारित अध्ययन गरी संसदलाई सहयोग गर्न आग्रह आग्रह गरे ।

कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रित राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला पराजुलीले जुरीसँग सहकार्य गरी लैंगिक समानता, न्यायमा पहुँच र संस्थागत विकासमा सहकार्य बढाउन सुभाव दिए।

अतिथि वक्ताको रुपमा आमन्त्रित राष्ट्रिय दलित आयोगका माननीय सदस्य मिनादेवी सोबले जुरीले आयोगका विभिन्न आन्तरिक कार्यविधिको तर्जुमाको लागि प्राविधिक सहयोग उपलव्ध गराएको र यसलाई निरन्तरता दिन सुझाए।

अर्का अतिथि समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले सामाजिक परिक्षणमार्फत जुरीले आफुलाई जवाफदेही संस्थाको रुपमा प्रस्तुत गरेको विषय राम्रो भएको विचार राख्दै न्यायमा पहँुचका क्षेत्रमा र विशेष गरी दिगो विकासको लक्ष नं १६ मा योगदान गर्न सुझाव दिए।

कार्यक्रममा सामाजिक परिक्षणका माध्यमबाट संस्थाको आन्तरिक सुशासन, संस्थाले गत एक बर्षमा सञ्चालन गरेका गतिविधिको उपलव्धि र सुझाव समेटिएको प्रस्तुती सञ्चारकर्मी तथा स्वतन्त्र परामर्शदाता वि.एम. आचार्यले गरेका  थिए।

कार्यक्रमका लागि तयार गरेको भिडियो सन्देशमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय मानव अधिकार आयोगका का.मु सचिव मुरारी खरेल, बिजयनगर गाउँपालिका कपिलवस्तुका अध्यक्ष गोपाल थापा तथा सहयोगी निकाय, विभिन्न सरोकारवाला र लाभान्वित व्यक्तिहरुका तर्फबाट व्यक्त भएका विचार र सुझाव समेटिएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका कानून महाशाखा प्रमुख खगेन्द्र प्रसाद वस्ती, दलित गैसस महासंघका उपाध्यक्ष सुशिल वि.के तथा गो गो फाउण्डेशनका कार्यकारी निर्देशक केदार खडका लगायतले महत्वपूर्ण विचार र सुझाव राखेका थिए । कार्यक्रममा सस्थाको लेखापरिक्षक चाटर्ड एकाउण्टेन्ट महेश खनालले जुरीको लेखा परिक्षणका विषयमा आफ्नो मन्तव्य राखे ।

कार्यक्रमको अध्यक्षता गरिरहेका सस्थाका अध्यक्ष अधिवक्ता श्यामकुमार विश्वकर्माले कार्यक्रमको अन्त्यमा महत्वपूर्ण सुझावका लागि सबैलाई धन्यवाद दिँदै सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्दता व्यक्त गरे।

कार्यक्रमको शुरुमा जुरीका महासचिव ऋषि न्यौपानेले कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य राखेका थिए भने, कार्यक्रमको सहजिकरण अधिवक्ता विष्णुप्रसाद पोखरेल र पत्रकार वि.एम.आचार्यले संयुक्त रुपमा गरेका थिए ।

तपाईको प्रतिक्रिया