तानसेन।  पाल्पामा स्क्रब टाइफसका बिरामी बढेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार दैनिक रुपमा यो रोगका संक्रमित बढेका हुन् । जिल्लाका विभिन्न चार अस्पतालमा गरिएको परीक्षणका क्रममा हालसम्म ११९ जनामा स्क्रब टाइफस संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका सरुवारोग फोकल पर्शन मधुसुधन भट्टराईका अनुसार पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा हालसम्म गरीको परीक्षणमा मात्रै सो संख्यामा संक्रमण देखिएको हो ।

यसका अलवा निजी क्लिनिक र मेडिकलहरुमा समेत यो रोगका बिरामी बढेको हुँदा जिल्लामा यो रोगबाट संक्रमित हुनेको संख्या धेरै हुनसक्ने बताइएको छ ।

मुसाको शरीरमा रहेन किर्नाको टोकाइबाट सर्ने यो रोगको संक्रमण भएमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने जस्ता लक्षण देखिने चिकित्सकले बताएका छन् ।

यो रोगबाट बन्चका लागि खेतबारीमा काम गर्दा, वनजङ्गल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर ढाकिने कपडा लगाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

तपाईको प्रतिक्रिया