
पाल्पा। गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षीय डोरबहादुर घर्तीको रहेको प्रहरीले जनाएकाे छ ।
रेसुङ्गा नगरपालिका वडानम्वर–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा उनकाे मृत्यु भएकाे हाे।
पहिरोमा परी रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानकाे गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएका थिए ।घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।
घाइते दुई जना सामान्य उपचारपछि घर फर्केको प्रहरी जनाएको छ ।