अनेरास्ववियू(क्रान्तिकारी) पाल्पाको अध्यक्षमा रायमाझी

तानसेन। अनेरास्ववियू(क्रान्तिकारी) पाल्पाको १६ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ताराबहादुर रायमाझीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमित चयन गरेको छ ।

जसको उपाध्यक्षमा बिज्ञान दुधराज र मिलन राज घर्ती मगर सर्वसम्वत चयन भएका छन् । यस्तै सचिवमा भिम बहादुर लुंगेली, सहसचिव तिलक सारु तथा महिलातर्फ मन्जु दर्लामी तथा कोषाध्यक्षमा मोनिका राना मगर चयन भएका हुन् ।

जिल्लाका विभिन्न विद्यालयबाट सहभागी भएका विद्यार्थीका प्रतिनिधिहरुबाट सदस्यमा बसन्त बस्याल, सृष्टि रास्कोटी मगर, मोनिका रायमाझी, किरण बहादुर दर्लामी, सजित खान, सुजिता राना मगर, राजन खत्री ,पुजन दर्जी, अमृता बगाले, सुमन बाकाबल, बिनिता पाडे मगर, रितु काम्मुलगायत ३५ सदस्यीय जिल्ला संगठन समिति निर्वाचित भएको अध्यक्ष रायमाझीले नयाँधारलाई बताए ।

अध्यक्ष रायमाझीले आफू अहिले विद्यार्थीको मुद्दा उठाउने र समाधान गर्ने ठाउँमा पुगेको जनाउँदै शिक्षा एवं समग्र शैक्षिक विश्वविधालय सुधार र अखिल क्रान्तिकारीको विषयमा विद्यार्थी साथीहरू माझ राखेका प्रतिबद्धता पूरा गर्न अनवरत लागि रहने पनि जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया