दशैंको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा (विज्ञप्तिसहित)

काठमाडौं। दशैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको छ।​ पञ्चाङ्ग निर्णायक समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो वर्षको दशैंको उत्तम साइत सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत सार्वजनिक छ । जसअनुसार घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने पनि उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया