
तानसेन। निरन्तरको झरीका कारण पहिरो खसेपछि कालीगण्डकी करिडोर अन्तर्गत रानीमहल-अर्गली सडक खण्ड बुधबार बिहानैदेखि अवरुद्ध भएको छ । अविरल वर्षाका कारण रानीमहल नजिकै भीरमा पहिरो खसेको हुँदा सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पहिरो ठूलो खसेको र पानी अहिले पनि निरन्तर परेको हुँदा सडक खुलाउन सकिएको छैन ।
रानीमहल प्रहरी चौकी र कालीगण्डकी करिडोरले पहिरो खुलाउने प्रयास गरेपनि झरी परिरहेकोले समस्या भएको छ । सडक अवरुद्ध हुँदा पछिल्लो समय वैकल्पिक सडकका रुपमा प्रयोग हुने यो मार्ग अवरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको बताएका छन् ।