ढुङ्गासहितको पहिरो खसेपछि तानसेन-रिडी खण्ड अवरुद्ध

तानसेन। पाल्पा–गुल्मी सडक खण्डको जोर्तेमा पहिरो खसेर बिहिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । तानसेन–रिडी तम्घास सडक खण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका–२, लघुवा र जोर्तेका बीचमा ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  ढुंगासहितको पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने भएको छ ।

सडक चौडा गरेको स्थानमा माथिल्लो भेगबाट ठूला ढुंगासहितको पहिरो खसेको यात्रुले बताएका छ्न।

सडक अवरुद्ध भएपछि पाल्पाबाट गुल्मी, अर्घाखाँची, बाग्लुङ्गतर्फ हिडेका र त्यसतर्फबाट पाल्पा, बुटवल जाने सवारी साधन सडकमै रोकिएका छन् ।

तपाईको प्रतिक्रिया