तानसेन। शनिवार पाल्पामा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले एक सूचना जारी गर्दै शनिवार विधुत सेवा अवरुद्ध हुने जनाएको हो ।
केन्द्रको सूचनामा पाल्पा वितरण केन्द्र अन्तर्गत ३३ के.भी. बुटवल पाल्पा लाइन मुनि रहेका रुखका हाँगाबिँगा काट्नका विद्युत सेवा बन्द गर्न लागिएको उल्लेख छ ।
कार्यालयले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उक्त लाइनमार्फत वितरण गरिएको सम्पूर्ण क्षेत्रको विद्युत अवरुद्ध हुने जनाएको छ।