काठमाडाैं।जाजरकोटमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका छोरीहरु नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।
अरिङ्गालले टोकेपछि घाइते भएका उनीहरुलाई टालेगाउँ स्वास्थ्य चाैकीम्माा उपचारका लागि पुर्याइएको थियो ।स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतका अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको हो ।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएकाी छन् । गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको प्रहरीले जनाएको छ ।
अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको बताइएको छ ।