
तानसेन। अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कार्य समिति पाल्पाले बडा दशैं २०८० अवसरमा शुभकामना आदान प्रदान गरेको छ । जिल्ला समिति पाल्पाको विस्तारित बैठकसंगै दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।
सो अवसरमा बाल्दै प्रमुख अतिथी अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सदस्य पदम सोमैले अब विद्यार्थीले देशको विकास गर्नमा आवाज उठाउनुपर्ने बताए ।
यस्तै माओवादी केन्द्र पाल्पा जिल्ला समन्वय समिति सचिव मथुरा ढकालले भोली देश हाक्ने युवा शक्तीले सधैं सकारात्मक भएर आवाज उठाउनुपर्ने बताए ।
अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष ताराबहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव भिमबहादुर लुंगेलीले गरेका थिए । सो अवसरमा जिल्ला समितिका सदस्यहरुले रिपोर्टिङसहितको शुभकामना आदानप्रदान गरेका थिए ।