
पाल्पा । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको पाल्पा जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले छवि गहतराज संयोजक र रमेश सुनार सचिव रहेको ४१ सदस्यीय कमिटी गठन गरेको छ । नेकपा माओवादी केन्द्रको ३ महिने बिशेष रूपान्तरण अभियन अन्तर्गत मोर्चाको पाल्पामा वृहत भेला सम्पन्न गरेको जनाएको छ ।
भेलामा प्रमुख अतिथि पार्टी स्थायी समिति सदस्य गणेशमान पुन, पार्टी केन्द्रीय सदस्य ठाकुर कुमार बिक, प्रदेश कार्यालय सदस्य यज्ञ पोखरेल, सचिवालय सदस्य सुजित बिक, जिल्ला संयोजक राजेन्द्र बिक, जिल्ला सचिव मथुरा ढकाल, पार्टी रामपुर नगर अध्यक्ष यम बहादुर सुनार, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य खुम बहादुर बिक र मन्जु बिकले संम्बोधन गरेका थिए।
संयोजक छवि गहतराजको अध्यक्षता रमेश सनारको संचालन र लक्ष्मी बिकले स्वागत मन्तव्य व्यक्त गरे । पाल्पाका १० स्थानीय तहमा मोर्चाले आफ्नो संगठन विस्तार गर्ने कार्य तीव्रताका साथ अगाडि बढाएको छ ।