पूवी मन्त्री पाण्डेयको शुभकामना आदान-प्रदान

तानसेन। पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले हिन्दुहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत्को अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् । पाण्डेयले बुधबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्षसमेत रहेका पाण्डेयले विगतका वर्ष जस्तै यो वर्ष पनि जिल्लास्थित राजनैतिक दर र अन्य सरोकारवाबीच शुभकामना आदान–प्रदान गरेका हुन् ।

उनले नजिकिएका चार्डपर्वको अवसरमा आम नागरिक सधैँ खुसी, सुखी, स्वास्थ्य रहन सकुन् भन्ने कामना आफूले गरेको सो बखत बताए ।

उनले कुनै पनि नागरिकको आँखामा आँसु देख्न नपरोस्, सबैमा समृद्धि छाओस्, सधैँ सकारात्मक सोच, परोपकारी भावना जागृत होस्, सबैमा देशप्रति राष्ट्रिय र प्रेम भाव पैदा होस् भन्ने कामना समेत कवितामार्फत व्यक्त गरेका थिए ।

शुभकामना आदान–प्रदान कार्यक्रममा जिल्लाका प्रमुख व्यक्तिहरू, पूर्व मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलहरूका प्रमुख तथा प्रतिनिधिहरू, प्राध्यापक, साहित्यकार, पत्रकार, विद्यार्थीलगायतले एक आपसमा पुष्प गुच्छा लिएर शुभकामना आदान–प्रदान गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको