प्रहरी प्रमुखले गरे पाल्पा कारागारको निरीक्षण

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जिल्ला कारागार पाल्पाको निरीक्षण गरेका छन् । उनले
बिहीबार कारागारको आन्तरिक तथा बाह्य निरीक्षण गरेका गरेका हुन् ।

निरीक्षणका क्रममा प्रहरी प्रमुख शर्माले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन् । उनले कारागार कार्यालयको निरीक्षणको क्रममा पुरुष बन्दी गृहका प्रत्येक कोठामा पुगी कैदी बन्दीहरूलाई विजयादशमी, दीपावली, छठलगायतका पर्वहरूको शुभकामना आदानप्रदान समेत गरे ।

निरीक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठ, कारागार कार्यालय पाल्पाका प्रमुख भगवानभक्त अर्यालले पुरुष सुधार गृह भित्र प्रवेश गरी बन्दी गृहको अवलोकन गरेका थिए ।

कार्यक्रममा प्रहरी प्रमुखको टोलीले बन्दी गृहमा रहेको भान्छा घरको अवस्था निरीक्षण गर्दै, कैदी बन्दीहरूको साथमा खाना समेत खाएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको