दशैंभर मौसम सफा रहने

काठमाडौं ।  दशैंभर देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम  सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि सामान्यतया मौसम सफा रहने छ । मौसमविद् रोजन लामिछानेका अनुसार दशैंकाे दिन दिउँसो देशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि दशैंभर मौसम सफा रहनेछ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ ।

मौसमविद् लामिछानेका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको