
तानसेन। लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता पाल्पाको तानसेनमा हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुँडिखेल मैदानमा दोस्रो प्रोफेस्नल लुम्ब्निी प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो ।
कार्तिक १७ र १८ गते हुने खेलमा लुम्बिनी प्रदेशका १२ जिल्ला, तीन विभागिय टोली र आयोजक टोली गरी ६४ जना खेलाडीहरुले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
प्रतियोगितामा महिलातर्फ ४६ केजी देखि ५२ केजीसम्म र पुरुषतर्फ ४९ केजीदेखि ५५ केजीसम्म तौल भएका खेलाडीबीच एकल स्पाएरिङ्गमा प्रतिष्प्रर्धा हुने तेक्वान्दो महासंघका केन्द्रीय उपाध्यक्ष एंव पाल्पा अध्यक्ष नीरबहादुर सारुले जानकारी दिए।
खेलमा प्रत्येक जिल्लाबाट पुरुष दुई र महिला दुई गरी ४ जनाको दरले प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आठ लाख बढीको लागतमा हुन लागेको खेलमा प्रथम पुरस्कार विजेता पुरुष र महिलाले ३०/३० हजार नगद, प्रमाणपत्र गोल्ड मेडल पुरस्कार पाउने छन ।
यस्तै द्धितिय हुनेले २०/२० हजार नगद, प्रमाणपत्र र रजत पदक पाउने छन । यस्तै तृतिय हुनेले १०/१० हजार नगद, प्रमाणपत्र र कास्य पदक पुरस्कार पाउने अध्यक्ष सारुले बताए।
पूर्व खेलाडी आयुसा कार्कीले आफ्ना स्वर्गिय बुवा अनिल र आमा रिताको संझनामा दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको खेल संयोजक देवथापा क्षेत्रीले जानकारी दिए।
पाल्पामा १४ वटा डोजाङ्गबाट नियमित रुपमा आईटिएफका खेलहरु संचालन हुँदै आएको छ ।