रवी लामिछाने शनिबार रामपुर आउने

तानसेन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने पाल्पाको रामपुर आउने भएका छन् । कार्तिक १८ गते हुन लागेको खुल्ला जनसभालाई सम्बोधन गर्न लामिछाने रामपुर आउने भएका हुन् ।

शनीबार ११ बजे पाल्पाको रामपुरमा आयोजित सभालाई सम्बोधन गर्न सभापति लामिछानेसंगै सासंद तोसिमा कार्की, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, अर्जुन अधिकारी, अनिल केशरी शाह, होम क्षेत्रीलगातयका वक्ताहरुले सभामा सम्बोधन गर्ने कार्यक्र रहेको रास्वपा पाल्पाका उपसभापति सुमन गैरेले जानकारी दिए।

लामिछाने रामपुरको सभालाई सम्बोधन गरे पश्चात सभापती लामिछाने १९ गते गुल्मी र २० गते अर्घाखाँची जाने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको