प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् ।

उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गर्दै बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्राको सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया