सकिए पर्वहरु ‘शहरमा चहलपलह रित्तिदैँ गाउँ’

तानसेन । यतिबेला नेपालीहरूले महान् चार्डका रुपमा मनाउने दशैं र तिहार मनाएर पुरानै गन्तव्यमा फर्किनेको संख्या बढेको छ । विभिन्न जिल्लाका सदरमुकामसंगै ठूला शहर तथा काठमाडौं उपत्यका फर्किनेहरूको संख्या बढेको हो । ट्राफिक प्रहरीका अनुसार मुख्य राजमार्गहरु तथा काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा यात्रुबहाक सवारीको चाप बढेको हो ।

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरूको पनि चाडबाड बिदा सकिएसँगै पुरानै गन्तव्यमा फकिएका हुन् । लामो बिदापछि खुलका विद्यालयमा फर्किने विद्यार्थी र अभिभावकको संख्या पनि बढेको पाइएको छ ।

पाल्पा सदरमुकाम तानसेनको बसपार्कमा पनि शुक्रबार बिहानैदेखि यात्रुको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । पर्व मनाएर फर्किनेको संख्या बढेपछि यात्रुहरु चापाचापकाबीच सिट रोकर आवागमन गर्न बाध्य भएको उनीहरुले बताए ।

बसपार्कसंगै ग्रामीण भेगबाट सदरमुका हुँदै बुटवललगातका ठूला शहरमा जाने यात्रुको संख्यामा पनि वृद्धि भएको सवारी चालकहरुले बताएका छन् । पर्वका बेला सिट क्षमता भन्दा धेरै मात्रामा सवारी राखेरै पनि आवागमन गर्ने गरेको चालकहरुले बताएका छन् ।

यसैबीच पर्वका बेला सुनशान बनेका शहरहरुमा चहलपहल बढेपनि पर्वले रमाइलो बनेका गाउँहरु भने शुनसान बन्दै गएका छन् ।

तपाईको प्रतिक्रिया