सत्यवती बज्यैसंग चिच्याएर वर माग्न पाँच दिने मेला लाग्ने

तानसेन । पाल्पाको सत्यवतीमा लाग्ने चिच्याएर वर माग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर ७ गतेदेखि ११ गतेसम्म चल्ने मेलका लागि आव्यशक तयारी पूरा भएको मेला आयोजक समितिले जनाएको छ ।

सत्यवती ताल तथा मन्दिर व्यवस्थापन समितिले मेला आयोजनका लागि विभिन्न समिति निर्माण गरेर मेलाको तयारी तीव्र पारेको पत्रकार सम्मेलनमार्फत जनाएको हो ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि सत्यवती ताल क्षेत्रमा पाँच दिनसम्म मेला सञ्चालन गरिने समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । नेपालमै फरक पहिचानले परिचित यो मंन्दिरमा सत्यवती बज्यैसंग वर मागेर मेला भर्नका लागि विभिन्न जिल्लाहरु तथा भारतबाट समेत बाक्लो रुपमा भक्तजनको आवगमन हुने अपेक्षा आयोजकले गरेको छ।

 

मेलाका लागि सडकसंगै बत्ती, स्टल व्यवस्थापन र सुरक्षा व्यवस्था पनि कडा पारिएको समितिले जनाएको छ । परापूर्व कालमा सत्यवती बज्यैले घना जंगलको बीचमा आइ तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख रहेको छ सोही आधारमा हरेक वर्षको कार्तिके पूणिीमाको दिन यहाँ विशेष मेला लाग्ने गरेको हो।

सत्यवती बज्यैले कानले नसुन्ने भएकाले सत्यवती ताल नजिकै पुगेर चिच्याएर वर मागे बज्यैले पूरा गरिदिने जनविस्वास रहेको छ । मध्यरातमा पूजा गरी बर मागेमा पूरा हुन्छ भन्ने विश्वासका साथ बर माग्न देशका विभिन्न जिल्लासंगै भारतबाट पनि भक्तजन आउने गरेका छन् ।

यो वर्षको मेलामा वर्ष दुई लाख बढी भक्तजन पुग्ने अपेक्षा आयोजकले गरेको छ भने, गत वर्षको मेलामा मात्रै २१ लाख बढी भेटी तथा अन्य जिन्सी सामग्री दान सङ्कलन भएको समितिले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको