पूर्वखाेलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

तानसेन। पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडा बस्ने ४० वर्षीय चन्द्रबहादुर काम्मु रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साढे ३ बजेतिर पूर्वखोला–५, को कर्नेडाँडा पोखरीछाँपदेखि भित्री सडकतर्फ जाँदै गरेको लु ४ त ६५५३ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा ट्याक्टरका चालक काम्मु गम्भीर घाइते र उपचारका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

तपाईको प्रतिक्रिया