सराईमा आजदेखि दोस्रो माडी महोत्सव हुँदै

तानसेन। माथागढी गाउँपालिका वडा नं -३ कसेनीस्थित सराईमा दोस्रो माडी सांस्कृतिक, पर्यटन कृषि तथा व्यापार महोत्सव आजबाट सुरु हुने भएको छ ।
सराई युवा क्लबको आयोजना र कसेनी वडा कार्यालयको सह-आयोजनामा हुन लागेको महोत्सव २१ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

सराई युवा क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक खोमबहादुर गाहाका अनुसार मेलामा स्थानीय कृषिजन्य वस्तुको प्रचार प्रसार, कला संस्कृतिको संरक्षण युवा परिचालनका लागि दोस्रो महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवले आर्थिक चलायमान, व्यवसायिक प्रवद्र्धन तथा क्लबको कोष वृद्धिका लागि मेलाबाट सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ । महोत्सवमा एक सय स्टल र करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा कृषि, पशु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको निशुल्क स्टल, लघुसंग्राहलय, माडीमा उत्पादन हुने धान, विभिन्न जातजातिका भेषभूषासहितको झाकीं र विद्यालय तथा खुल्ला नृत्य प्रतियोगिता र दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer