सत्यवतीमा साढे १८ लाखबढी भेटी संकलन

तानसेन। पाल्पाको सत्यवती ताल क्षेत्रमा लागेको कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाख भन्दा बढी भेटी संकलन भएको छ । तिनाउ गाउँपालिका वडा नंं ४ सत्यवती तालमा एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार तीन सय ३१ रुपैयाँ भेटी संकलन भएको हो।

नेपालमै अनौठो विधिबाट मध्यरातमा चिच्याएर वर माग्ने यो मेलामा भक्तजनको घुइँचो बढेसंगै भेटी संकलन पनि बढेको सत्यवती ताल तथा मन्दिर संरक्षण समितिका अध्यक्ष दान बहादुर गाहाले बताए।  यो वर्ष पनि नेपालका विभिन्न जिल्लासंगै भारतबाट पनि बाक्लो रुपमा भक्तजन आएका कारण मेलाबाट भेटी संकलन बढेको उनले बताए।

संकलन भएको भेटीबाट मन्दिर र ताल व्यवस्थापन गर्ने समितिले जनाएको छ । गत वर्षको लुतनामा केही भक्तजन कम आएक कारण यो वर्ष पोहोर साल भन्दा झण्डै ३ लाख भेटी कम उठेको समितिले जनाएको छ ।

कार्तिके पूर्णिमा कार्तिक महिनामा परेमा जोग पर्ने मान्यताका साथ धेरै भक्तजना आउने गरेका छन् ।

यो वर्ष अधिकमासका कारण कार्तिके पूर्णिमा मंसिर महिनामा परेको हो । जसका कारण भक्तजन घटेपछि मन्दिरको भेटी पनि घटेको हो ।

तपाईको प्रतिक्रिया