पाल्पामा पहिलो गैर-आवासीय नेपाली नागरिकता प्रदान

तानसेन। पाल्पामा पहिलो पटक गैरआवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले पहिलो पटक गैरआवासिय नागरिकता जारी गरेको हो ।

तानसेन नगरपालिका वडा नं‍ ४ का १८ वर्षीय फेलिक्स बज्राचार्यलाई प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नागरिकता प्रदान गरेका हुन् ।

नागरिकता प्रदान गर्दै प्रजिअ बास्तोलाले पछिल्लो नागरिकता  ऐनअनुसार जिल्ला प्रशासन कार्यालयले  पहिलो पटक गैर-आवासिय नागरिकता जारी गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया