तानसेनमा मंसिर २० देखि प्रथम मेयर कप हुने

तानसेन।  तानसेन नगरपालिकामा यहीँ मंसिर २० गतेदेखि प्रथम मेयर कप प्रतियोगिता हुन भएको छ । नगरपालिकाले फुटबल, क्रिकेट र व्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो ।

नगर खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेर खेलबारे जानकारी दिएको हो । समितिका अध्यक्ष हेमन्तराज शाक्यले प्रतियोगिताका विजेतालाई नगद एक लाख रुपियाँ, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने बताए। यस्तै उपविजेतालाई नगर ५० हजार रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

नगरभित्रका १४ वडाबाट मात्रै खेडालीले खेलमा सहभागी हुन पाउने समितिले जनाएको छ। प्रतियोगितामा हालसम्म १० वटा टिम सहभागी हुने प्रमुख प्रकाशकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए।

प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल सङघले गर्ने नगरपालिकाले जनाएको छ । खेल र पर्यटन क्षेत्रको विकासको लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए।

नगरपालिकाको यो सुरुवाती चरणमा वर्ष १५ लाख बजेट विनियोजन गरेको बताउँदै आगामी दिनमा पनि खेल क्षेत्रको विकासमा लागि बजेट थप गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

उनले आउने दिनमा अन्य खेलका खेलाडीलाई पनि खेलमा सहभागी बनाउने र खेलाडीको दुर्घटना बीमासमेत नगरपालिकाले गर्ने गरी बजेट विनियोजन गर्ने बताए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले नगरभित्रका खेलाडी सम्मान गर्नुपर्ने, वडागत रुपमा खेलकुदका पूर्वाधार निर्माण गर्नुपर्नेलगायतका सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया