भ्रष्टाचार र कुशासनको अन्त्य गर्न जरूरी छः गगन थापा

 

तानसेन। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले भ्रष्टाचार र कुशासनको अन्त्य गर्नु नै अहिले मुख्य काम रहेको पनि बताएका छन् । उनले अहिले नागरिकमा देखिएको चरम असन्टुष्टीलाई नेपाली काँग्रेसले समाधान गर्नुपर्ने बताउँदै काँग्रेस जताततै सरकारमा रहेको र सत्ताको सबैभन्दा ठूला दलको हैसिएतको नागरिकको गुनासोका उत्तर दिनुपर्ने बताए।

शनिबार पाल्पा सदरमुकाम तानसेनमा आजोजित नेपाली काँग्रेस, पाल्पाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकले ६० सालदेखि परिवर्तन र राम्रो दिन आउने अपेक्षामा नेपालका दलहरुलाई साथ दिएपनि अपेक्षाकृत उपलब्धी नहुँदा नागरिकमा निराशा छाएको बताए।

उनले एनसेलको कर छली प्रकरण, सुन काण्डलगायतका नेपालका ढुकुटीबाट भएका अपचलनको बारेमा सत्यतन्य जानकारी नागरिकलाई दिनका लागि काँग्रेस र सरकारले काम गर्नुपर्ने बताए।

महामन्त्री थापाले आफू सरकारमा रहको ठूलो दलबाट निर्वाचित सासंद भएका कारण सरकारका राम्रो कामको स्याबासी दिने र गलत गरेमा प्रश्न उठाउने बताए । सरकार बाहिरका अन्य दलहरुले आफूहरु सरकारमा भएमा सबै राम्रो गर्थे भनेर भ्रम फैलाउने काम गरेको उनले बताए ।

“बाले के भन्नु हुन्छ?  भन्न पाउनु हुन्छ भने त्यो सिंहदरबारको कुर्सीमा म नभएको कारणले गर्दा जनताले दुःख पाएका हुन। हुट्टी हाक्न पाइन्छ , किनकी बालाई त्यो भन्ने छुट छ , बा त्यो कुर्सी भन्दा धेरै पर हुनुहुन्छ,  नयाँ आएका पार्टीले हामी आउछौं ८४ मा मादल बजाउँदै आउँछौं डम्फु बजाउँदै आउँछौ, हामी आएपछि सबै ठिक हुन्छ वा, कुनै पुरानो पार्टीले के भन्न पाउला भने नेपालमा चिहानमा पुगिसकेको एउटा संस्थालाई ब्युत्याएर ल्याउछु भन्न पाउला पत्याउने, नपत्याउने जनताको कुरा हो । तर, काँग्रेसले केही भन्न पाउँदैन। इतिहासको कुरा गर्न पाउछ, वर्तमानको जिम्मा सबै काँग्रेसले लिनुपर्छ।” उनले भने।

महामन्त्री थापालेअर्थतन्त्र सुधार सहकारी र लघुवृत्तमा देखिएको समस्या समाधानका लागि पनि सरकारले जोड दिनुपर्ने उनले बताए ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले काँग्रेसले पार्टी परिवर्तनका लागि अब नयाँ व्यवस्था लागू गर्नुपर्ने बताए । उनले पुरानो व्यवस्था रहेसम्म गुठबन्दीको अन्त्य नहुने र जसका कारण गोजीबाट टिकट दिने प्रथाले पार्टी नबन्ने दाबी गरे ।

आठ लाख ७० हजार क्रियाशिल सदस्य रहेको काँग्रेस पार्टीले अब प्रत्यक्ष निर्वाचनबाट सभापति छान्ने व्यवस्था लागू गर्नुपर्ने बताए । उनले पार्टीभित्रको गुठबन्दीले कार्यकर्तामा निराशा छाएको बताउँदै प्रत्यक्ष निर्वाचन भएमा गुठबन्दीको अन्त्य हुने बताए ।

अहिले पार्टीको माथिल्लो तहमा नै गुठबन्दी गरेर अघिल्लो महाधिवेशन सकेको स्मरण गर्दै थापाले भने, “हामीले माथि हामी सभापति, महामन्त्री सबै बसेर एत्रो लामो पत्र बोकेर सकी नसकी चस्मा लागाएर हेरेर खल्तीबाट निकालेर फोनबाट खोजेर भोट दिएर आएको होनी त हामी कसैलाई दोष दिएर हुँदैन हामी आफैं यही गरेर आएका हौं। यस्तो व्यवस्थाको अन्त्यका लागि विधानमा एउटा धार मात्र परिवर्तन गरे पुग्ने हुँदा यसमा पार्टीका सबैले सोच्नुपर्ने बेला आएको छ।” उनले भने।

तपाईको प्रतिक्रिया