
तानसेन। पाल्पामा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ । पूर्वी पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्गरुङ्गको एक घरमा आगलागी हुँदा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्लीको मृत्यु भएको हो ।
शनिबार मध्यान्ह १२ बजेतिर खरले छाएको घरमा आगलागी भएको स्थानीय पुनाराम सुनारीले जानकारी दिए। आगलागीबाट स्थानीय श्यामबहादुर पल्लीको घर जलेर नष्ट भएको छ । मृतक बालिकासहित घरमा दुई छोरा रहेको बताइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।