मगर संघ पाल्पाले गर्यो माघे संक्रान्तीको शुभकामना आदान-प्रदान

तानसेन। मगरहरुले राष्ट्रिय पर्वका रुपमा मनाउने माघे संक्रान्तीको अवसरमा पाल्पामा मगरी खानाका परिकारसहित सस्कृति प्रर्दशन गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समित पाल्पाले माघे संका्रन्तीको अवसरमा कार्यक्रम गरी मगरहरुको संस्कृति संक्षणमा पहल गरेको जनाएको छ ।

मगरी भेषभुषा, बाजागाजासहित बजार परिक्रमा गरी तानसेनको टुंडिखेलमा एक शुभकामना आदानप्रदान गरी विविध कार्यक्रम गरीएको हो हो । पछिल्लो समय मगरी सस्कृति र खानपाको महत्व लोप हुने अवस्थामा पुगेको भन्दै सस्कृति संरक्षणको पहलका लागि कार्यक्रमको आयोजना गरिएको मगर संघकी जिल्ला अध्यक्ष शान्ती झेडी थापाले जानकारी दिइन् ।

कार्यक्रममा मगर समुदायमा प्रचलित सबै परिकार चाख्न पाउँदा मगर र गैर मगरहरु खुसी भएका थिए। विशेष गरी बन तरुल, बटुक, कोदोबाट बनेका परिकारहरु, सुंगुरको मासु, सेलरोटीलगायतका परिकारहरु राखिएको थियो । यस्तै मगर समुदायको सस्कृति झल्किने झ्याउरे, मारुनी, मगरी झाम्रे, घाटु, सालैजोजस्त नाचहरु पर्दशन गरिएको थियो ।

राष्ट्रिय जनगणना २०७८ काअनुसार पाल्पामा करिब ५४ प्रतिशत मगर समुदायको बसोबास रहेको छ । जिल्ला सदरमुकाम तानसेनमा भएको कायक्रममा मगर समुदायसंगै अन्य समुदायको पनि सस्कृति हेर्न र मगरी खानाका परिकार चाख्नका लागि भीड लागेको थियो ।

कार्यक्रममा जिल्लास्थित मगर समुदायबाट निर्वाचित भएका अधिकांश जनप्रतिनिधिको सहभागिता रहेको आयोजनले जनाएको छ ।

तपाईको प्रतिक्रिया