मौसममा बदलीः हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार पनि आंशिक बदलीको सम्भावना रहेको छ । पहाडी एक–दुई स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानमा बादल लाग्ने भएकाले चिसो अझ बढ्ने महाशाखाले जनाएको छ ।

अहिले तराईका जिल्लामा हुस्सु तथा कुहिरो लागेकाले चिसो जारी रहेको महाशाखाले जनाएको छ । चिसोबाट बच्नका लागि सर्तकता अपनाउन पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया