पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठग्ने पक्राउ

काठमाडौं। पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका नेपालटारका २४ वर्षीय रोजिन न्यौपाने रहेका छन् ।

न्यौपानेले सात जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइ दिन्छु भनी रु १२ लाख ठगी गरेको खुल्न गएपछि प्रहरीले पकाउ गरेको हो।

उनले प्रतिव्यक्ति मासिक रु एक लाख २० हजार तलब प्राप्त हुने प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया