महिलालाई वित्तीय साक्षरता गराउदै एन आई सी एशिया लघुवित्त

तानसेन। एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएको छ। संस्थाको घोरबन्दा, खहरे र हार्डथोक शाखाका गरी ४० समूहका प्रमुख र सदस्य गरी ८० बढी महिलालाई साक्षरता सम्बन्धी तालिम दिएको हो ।

तानसेनमा आयोजित तालिम कार्यक्रममा उप-प्रदेश प्रमुख विभाकर भट्टराईले सहजिकरण गरेका थिए । भट्टराईले बचत गर्ने बानी, ऋणको परिचालन कसरी गर्ने, व्यवसाय विस्तारमा लघुवित्तको भूमिकाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भरत थापा, बगनासकाली वडा नं. १ का वडाअध्यक्ष, शेरबहादुर चिदीलगायतले महिलाहरु साक्षर भएर मात्रै आर्थिक कारोबार गर्न सुझाव दिएका थिए ।

तालिममा सहभागी महिलाहरुले लघुवित्तमा समावेश भएर लघु र घरेलु उद्यम गर्न सहज भएकोमा वित्तीय साक्षरता सम्बन्धी ज्ञान भएपछि संस्थाबाट लिएको ऋणको सही तरिकाले परिचालन गर्न सक्षम हुने बताए ।

जिल्लाभर गरी दुई हजार ५ सय महिला सहभागी रहेको संस्थाबाट महिलाहरुले कृषि, पशुपालन तथा अन्य उद्यमशीलतामा वृद्धि गरेका छन् ।

घोरबन्दा शाखाकी सदस्य लीला सामैको अध्यक्षता, हार्थोक शाखाका प्रमुख अमन ज्ञवालीको स्वागत तथा घोरबन्दा शाखाका प्रमुख सन्तोष कुमारी चौधरीको संचालनमा एक दिने तालिम चलेको हो।

तपाईको प्रतिक्रिया