महिलालाई वित्तीय साक्षरता गराउदै एन आई सी एशिया लघुवित्त

तानसेन। एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएको छ। संस्थाको घोरबन्दा, खहरे र हार्डथोक शाखाका गरी ४० समूहका प्रमुख र सदस्य गरी ८० बढी महिलालाई साक्षरता सम्बन्धी तालिम दिएको हो ।

तानसेनमा आयोजित तालिम कार्यक्रममा उप-प्रदेश प्रमुख विभाकर भट्टराईले सहजिकरण गरेका थिए । भट्टराईले बचत गर्ने बानी, ऋणको परिचालन कसरी गर्ने, व्यवसाय विस्तारमा लघुवित्तको भूमिकाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भरत थापा, बगनासकाली वडा नं. १ का वडाअध्यक्ष, शेरबहादुर चिदीलगायतले महिलाहरु साक्षर भएर मात्रै आर्थिक कारोबार गर्न सुझाव दिएका थिए ।

तालिममा सहभागी महिलाहरुले लघुवित्तमा समावेश भएर लघु र घरेलु उद्यम गर्न सहज भएकोमा वित्तीय साक्षरता सम्बन्धी ज्ञान भएपछि संस्थाबाट लिएको ऋणको सही तरिकाले परिचालन गर्न सक्षम हुने बताए ।

जिल्लाभर गरी दुई हजार ५ सय महिला सहभागी रहेको संस्थाबाट महिलाहरुले कृषि, पशुपालन तथा अन्य उद्यमशीलतामा वृद्धि गरेका छन् ।

घोरबन्दा शाखाकी सदस्य लीला सामैको अध्यक्षता, हार्थोक शाखाका प्रमुख अमन ज्ञवालीको स्वागत तथा घोरबन्दा शाखाका प्रमुख सन्तोष कुमारी चौधरीको संचालनमा एक दिने तालिम चलेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको