
तानसेन। पाल्पाको तानसेन टुँडिखेलमा पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । चार दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य बीर बहादुर रानाले खेलकुद क्षेत्रको विकास गर्नुपर्ने बताए।
प्रतियोगितामा संस्थागत र सामुदायिक गरी २७ विद्यालयका नौं सय २७ विद्यार्थीले भाग लिएका छन् । विभिन्न ५३ विद्यामा ३ सय ८० मेडलका लागि एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल र कवड्डीलगायतका खेल खेलाइने आयोजकले जनाएकाे छ ।
प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका खेलाडीले भाग लिएका छन् । पहिलो दिन विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीले टुँडिखेलमा मार्चपास गर्नुका साथै दौड, कवड्डी भलिबललगायतका खेल खेलाइएको तानसेन नगरपालिका शिक्षा शाखाले जनाएको छ ।