पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई

तानसेन। पाल्पा जिल्लास्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेनले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो । विजेता खेलाडी र स्थानीय तहहरुलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले रनिङ शिल्डको उपाधि हस्तान्तरण गरे ।

प्रतियोगितामा २५ स्वर्ण, १० रजत र १९ काश्य पदक सहित तानसेन नगरपालिका प्रथम भएको छ । त्यस्तै १० स्वर्ण, ६ रजत र ४ काश्य पदकसहित पूर्वखोला गाउँपालिका दोश्रो भयो ।

८ स्वर्ण, ११ रजत र ११ काश्य पदक जितेको रामपुर नगरपालिका तेश्रो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए। ३ स्वर्ण, ८ रजत र ११ काश्य पदक जितेको बगनासकाली गाउँपालिका चौंथो, ३ स्वर्ण, २ रजत र ८ काश्य पदक जितेको माथागढी गाउँपालिका पाँचौ, २ स्वर्ण, ४ रजत र ३ काश्य जितेको रम्भा गाउँपालिका छैठौं, २ स्वर्ण, १ रजत र २ काश्य पदक जितेको रिब्दीकोट गाउँपालिका सातौं भयो ।

१ स्वर्ण र ३ काश्य पदक जितेको निस्दी गाउँपालिका आठौं, ९ रजत र ९ काश्य पदक जितेको तिनाउ गाउँपालिका नवौं र १ रजत र १ काश्य पदक जितेको रैनादेवी छहरा दशौं भएको छ ।

प्रतियोगितामा पाल्पाका १० स्थानीय तह मध्ये तिनाउ गाउँपालिका र रैनादेवी छहराले कुनैपनि विधामा स्वर्ण पदक प्राप्त गर्न सकेनन् । प्रतियोगिता तानसनेस्थित टुडिखेल मैदानमा चलेको थियो ।

तपाईको प्रतिक्रिया