टुडिँखेलमा फागुन १८ गतेदेखि महोत्सव हुने

तानसेन। पाल्पा सदरमुकाम तानसेनस्थित टेडिँखेल मैदामा कृषि तथा पर्यटन प्रवर्द्धन महोत्सव लाग्ने भएको छ । तानसेन नगरपालिकाले आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म कृषि तथा पर्यटन महोत्सव २०८० आयोजना गर्ने भएको हो।

जिल्लामा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, तानसेनको पर्यटन तथा धार्मिक कला संस्कृति, मौलिकताका साथै स्थानीय रहनसहनसंगै जोड्नेगरी मेला आयोजना गरिएको आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठकाअनुसार महोत्सव आयोजनाको तयारी भइरहेको र महोत्सव भव्य हुनेछ । टुडिखेल मैदानमा संचालन हुने मेलाबाट नगरपालिकाको आन्तरीक राजस्व संकलन गर्नका साथै स्थानीय वस्तुको बजारीकरण गर्ने मुख्य उद्देश्य रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

महोत्सवमा विभिन्न बस्तु, हस्तकला, स्थानीय उत्पदानका स्टलका साथै र बाल उद्यान र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ ।

महोत्सवको अवसरमा जोर्डनका राजकुमार तथा २० जना नोबेल पुरस्कारबाट पुरस्कृत भएका व्यक्तिलाई सहभागिता गराइने पनि आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer