काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार देशका पहाडी भू—भागमा छिटपुट वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हो ।

महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको नियमित बुलेटिनमा उल्लेख छ ।

यस्तै, राति देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया