तानसेन। पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार अपराह्न डुम्रेबाट तिनाउ गाउँपालिका वडा नंं ६ को चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनास्थलमा आठ जनाको शव फेला परेको छ । उक्त सवारीमा रहेका १८ जना घाइते भएको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठकाअनुसार दुर्घटनास्थलबाट उद्दार गरी घाइतेलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ ।

मृतक र घाइतेको पहिचान हुन सकेको छैन भने घटनाको पूर्ण विवरण आउन बाकीँ रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया