कँडेलविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

काठमाडौं ।  लोक कलाकर्मी कृष्ण कँडेल विरुद्ध यौन दुर्व्यवहारको मुद्दा परेको छ। आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा कँडेल विरुद्ध मुद्दा दायर गरेकी हुन् ।

आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा पीडित आफैं अदालत जान पाउँछन् । त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा मुद्दा हालेकी हुन् ।

यसअघि नै कँडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया