छहरामा सम्पन्न अध्यक्ष कप भलिबलको उपाधि रामपुरलाई

तानसेन। पाल्पामा जारी अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ । रैनादेवी छहरा गाउँपालिकाले आयोजनामा जिल्लाका १० वटै स्थानीय तहको सहभागीका साथ सम्पन्न प्रतियोगिताको फाइनलमा रम्भा गाउँपालिकालाई ३–२ सेटले पछि पार्दै रामपुर नगरपालिकाले उपाधि जितेको हो ।

रामपुरले २५–२१, २९–२७ र १५–१२ को सेटले पछि पार्दै उपाधि हात पारेको हो । रम्भाले २५–१७ र २५–१५ को सेट जितेको छ । पहिलो भएसँगै रामपुर नगरपालिकाले ७५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोस्रो हुने रम्भा गाउँपालिकाले ४५ हजार नगदसहित सिल्ड, ट्रफी र प्रमाणपत्र पाएको छ । तेस्रोका लागि भएको खेलमा पूर्वखोलाले रैनादेवी छहरा गाउँपालिकालाई ३–१ सेटले जितेको छ । २५–१४, २५–१६ र २५–२१ को सेटले पछि पार्दै पूर्वखोला तेस्रो भएको हो । रैनादेवीले २५–१७ को सान्तवना सेट जितेको छ ।

तेस्रो हुनेले ३० हजार र सान्तवना भएको रैनादेवी छहराले १५ हजार नगदसहित नगद, ट्रफी र प्रमाणपत्र पाएको रैनादेवी छहरा युवा तथा खेलकुद समितिका अध्यक्ष नारायण कार्कीले बताए ।

प्रतियोगितामा खेल अवधिभर उत्कृष्ट स्पाइकर रम्भाका यम आले, उत्कृष्ट सेटर रामपुरका अमृत गाहा, उत्कृष्ट डिफेन्डर रम्भाका तुलसा बाकाबल, उत्कृष्ट ब्लकर रामपुरका दिपेन्द्र आले, उत्कृष्ट खेलाडी रामपुरका सन्दीप थापा भए भने उत्कृष्ट कोच रम्भाका चिरन फाल भएका थिए।

विजयी तथा उप-विजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगर, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सेना, प्रवक्ता देवेन्द्र पुनलगायतले नगद, प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरे।

समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशसभाका सभामुख घर्ति मगरले युवालाई अनुशासित बनाउन खेलकुदको माध्यमबाट सहयोग पुग्ने बताए। खेल क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । यस्तै गाउँपालिकाका अध्यक्ष भट्टराईले  आगामी वर्षहरुमा पनि यो प्रतियोगिलालाई निरन्तरता दिने बताए ।

तपाईको प्रतिक्रिया