पाल्पामा भरुवा बन्दुकसहित चार जना पक्राउ

तानसेन। पाल्पामा अवैध भरुवा बन्दुकसहित चार जना व्यक्ती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध भरुवा बन्दुक बोकेर हिडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्गढीबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रैनादेवी छहरा–७, का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका–५, का ३८ वर्षीय सन्तोष राना, सैनामैना–१० का ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनीहरुको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

केही दिन अघि मात्रै सोही गाउँपालिकाको अर्को वडाबाट एक व्यक्तीलाई पनि प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया