सञ्चार मन्त्री शर्मा पाल्पा आउँदै

तानसेन। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा शुक्रबार पाल्पा आउने भएकी छन् । सामुदायिक रेडियो मदनपोखराको रजत जयन्ती समारोहलाई सम्बोधन गर्न उनी पाल्पा आउने भएकी हुन् ।

यस्तै पाल्पा जिल्लामा नेपाल टेलिकमको सेवा प्रवाह तथा सञ्चार सेवाका विषयमासमेत उनले सरोकारवालासंग छलफल गर्ने कार्यक्रम रहेको छ ।

सञ्चारमन्त्री शर्माले शुक्रबार नै ऐतिहासिक पर्यटकीय स्थल रानीमहलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै २४ गते शनिवार पत्रकार भेटघाट तथा नेपाल टेलिकिम र रेडियो नेपाल अन्तरगतका पाल्पा वितरण र प्रशारण केन्द्रकोसमेत अवलोकन गर्ने कार्यतालिका रहेको सञ्चारमन्त्री शर्माकाे सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया