पाल्पा। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सरकार कहिलेसम्म टिक्छ भन्न सकिने अवस्था नरहेको बताएकी छन् । उनले आफूले सरकार जति दिनसम्म टिक्छ त्यो दिनसम्म सक्रियताकासाथ काम गर्ने पनि बताइन् ।

शनिवार पाल्पा सदरमुकाम तानसेनमा पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोलदै मन्त्री शर्माले नयाँ समिकरणमा बनेको सरकार पाँच दलको सहकार्य भएको हुँदा सहमति अनुसार नै संचालन हुने विश्वास व्यक्त गरिन।

सरकारको प्रक्ता समेत रहेकी मन्त्री शर्माले प्रचण्ड नेतृत्वको सरकारले जनताको पक्षमा काम हुन्छ, गर्न सकिन्छ भन्ने आशाको सञ्चार गर्ने गरी सरकारले सुशासन, न्याय र समृद्धिको कामलाई अगाडि बढाएको बताइन् ।

उनले सरकारले केही देखिने गरी काम गरिरहेको बताउँदै सत्तामा बसेका दिनसम्म राम्रो गर्नुपर्छ भावनासहित आफू सक्रिय रहेको उल्लेख गरिन । संविधान, व्यवस्था र शासकीय स्वरूपका कारण सत्तासमीकरण परिवर्तन भए पनि त्यसले राम्रो काम गर्नका लागि कुनै असर नगर्ने उनको दावी छ ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले सरकार परिवर्तन र गठबन्धन फेरबदल हुनु संविधानअनुसार नै भएको बताइन् । उनले भनिन, “हाम्रो संविधानमा प्रत्यक्ष निर्वाचित कार्याकारी व्यवस्था नरहेको हुँदा एकै दलको बहुमत पुग्दैन, एजेण्डाका आधारमा दुई वा सो भन्दा बढी दलसंग एकता नगरी सरकार बनाउनुपर्ने बाध्यात्मक परिस्थितीले नै अहिलेको अवस्था सृजना भएको हो । ”

मन्त्री शर्माले एउटै दलबाट बहुमत आउने परिस्थिती नहुँदा निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राखिन् । फरक प्रसंगमा मन्त्री शर्माले समाजमा भएका विकृति विसङ्गतिसँगै सकारात्मक पक्षलाई मिडियाले उजागर गर्नुपर्नेमा जोड दिइन् ।

सञ्चार माध्यमम्ले सरकार र नागरिक बीचको पुलको काम गर्नुपर्ने बताउँदै आफूले मन्त्रालाय समलेपछि संचार र सूचना प्रविधिको क्षेत्रमा केही कामहरु गरिएको र केही काम अघि बढ्ने प्रक्रियामा रहेको बताइन् । मन्त्री शर्माले साइबर सुरक्षा पोसिली बनेको र त्यो अहिले कार्यान्वयनको चरणमा रहेको र कानुन बन्ने प्रक्रियामा रहेको बताउँदै पछिल्लो समय विकास भएको सूचना र प्रविधिलाई समेटेर नयाँ कानुन बनाउने कामको थालनी भएको पनि सो बखत जानकारी दिइन् ।

सरकारी सञ्चार र माध्ययम र नेपाल टेलिकमको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन सरकारले विशेष पहल गरेको मन्त्री शर्माले बताइन । मन्त्री शर्माले राणाकाल, बहुदल हुँदै गणनन्त्रको एजेण्डा बोकेर अघि बढेर ल्याएको व्यवस्था परिवर्तन भएपनि व्यवस्था अनुसार ल्याएको संविधान कार्यान्वय गर्न नसक्नु दुःखद् रहेको बताई ।

माओवादीले सुरु गरेर सबै दलको सहकार्यमा निकै लामो समयपछि एकाधिकार रुपमा रहेको सिमित वर्गको हाममा रहेको व्यवस्थालाई अन्य गर्न सफल बताउँदै  मन्त्री शर्माले सबै समुदाय र वर्गको सहभागिमूलकको व्यवस्थालाई उत्कृष्ठ बनाउन देखिनुपर्ने उत्साह घटेको उल्लेख गरिन।

तपाईको प्रतिक्रिया