खेल क्षेत्रको विकास गर्न तीन तहका सरकार लाग्नुपर्छः सभामुख घर्ती

तानसेन। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति बसन्तले तीन तहकै सरकारले खेलकुदको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । उनले खेलकुदको क्षेत्रमा हुने पहलले युवालाई शारीरिकसंगै बौद्धिक, मानसिक, विकासमा टेवा पुग्ने बताए।

पाल्पाको रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घर्तिले खेल भनेको युवालाई अनुशासनमा राख्न सकिने भएकाले नियमपालन गर्न सिक्दासिक्दै पनि युवामा जिन्दगीको नियम पालना गर्दै अनुशासित बन्ने बताए। उनले खेलको माध्ययमबाट गलत कार्यमा लागेका युवालाई मार्ग निर्देश गर्न सहयोग पुग्ने दावी गरे।

कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सबैको सहयोगबाट पालुङमैनादीको डबकामा खेलमैदान बन्न सकेको बताए। युवा, महिला सम्पूर्णमा खेलकुद र खेलमैदान प्रति सबैको चासो रहेकाले नै निर्माण सम्पन्न भएको उनको भनाइ थियो ।

दुई दिने चल्ले प्रतियोगितामा महिला तथा पुरुषतर्फ ८ वटै वडाबाट टिमको सहभागिता रहेको छ । पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कारका साथै ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।

यस्तै महिलातर्फ पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगदका साथै ट्रफी, प्रमाणपत्र र मेडल पाउने पालिकाका खेल संयोजक झपेन्द्र पचभैंयाले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer