खानीको बेथिती र क्षमताबढी ढुवानी रोक्न वाइसिएल पाल्पाको चासो

तानसेन। यो‍ङ कम्युनिष्ट लिग (वाइसिएल) ने‍पाल, जिल्ला समन्वय समिति पाल्पाले खानी जन्य पदार्थको उत्खनन, निकासी र टिपर सञ्चालनलगायतका विषयमा देखिएको समस्या समाधान गर्न माग गरेका छन् ।

पहाडी जिल्ला पाल्पाका विभिन्न स्थानमा रहेका खानीबाट भएको उत्खनन् र निकासीमा मापदण्ड पुरा नगर्दा स्थानीयलाई परेको सास्तीसंगै टिपरले क्षमता भन्दा बढी सामग्री ढुवानी गर्दा सडक बिग्रिने, धुलोधुवासंगै दुर्घटनासमेत बढेको हुँदा सोको न्यूनीकरण गर्न पहल गर्नुपर्ने वाइसिएल पाल्पाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र राजनीतिक दलसंगै पत्रकारसंग छलफल गरी सिमेन्ट उद्योग, चुनढुंगा खानी र टिपर संचालनमा देखिएको बे‍थिति अन्त्यका लागि सघाउँन आग्रह गरिएको वाइसिएल पाल्पाका अध्यक्ष कमल श्रेष्ठले बताए।

पछिल्लो‍ समय पाल्पामा सञ्चालित चुनढुंगा खानी उद्यो‍गहरुको‍ कार‍ण जनजीवन माथी पर‍े‍को‍ असर‍, वातावर‍णीय प्रदुषण, ओ‍भर‍ लो‍ड, र‍ाजस्व चुहावट, टिप्पर‍ आतंकलगायतका विषयमा सम्बन्धित पक्षलाई समस्या समाधान तथा नियमनका लागि ध्यानाकर्षण गर‍ाउएको र सोको कार्यान्वय नभएमा थप आन्दोलनका कार्यक्रम गर्ने पनि सो संगठनले जनाएको छ ।

video;

तपाईको प्रतिक्रिया