बसपार्क–गौरीशंकर सडक निर्माणका लागि बन्द

तानसेन। तानसेनको लहरेपीपल क्षेत्रमा सडक तथा ढल निर्माणका लागि पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले ९१ मिटर सडक ढलान र नाली निर्माण गर्नका लागि पूर्ण रुपमा सवारी आवागमन बन्द गरेर काम अघि बढाएको हो।

१९ दिनसम्म सडक बन्द गरेर निर्माण सक्नेगरी व्यवसायीले काम गरेका छन् । जेठ ६ गतेदेखि निर्माण सुरु भएपछि हाल सवारी बाइपासको बाटो आवागमन गर्न बाध्य भएका छन् । तानसेनको बसपार्क भएर ढुंगाखानी जान सवारी साधन पाएका छैनन् ।

तानसेन बाइपास सडक (होलाङदी–ढुंगाखानी) सडक प्रयोग गरेर सवारी साधन आवतजावत गर्नका लागि ठाउँ ठाउँमा ट्राफिक प्रहरीलाई खटाइएको छ । यस्तै गुल्मी जाने सवारी साधन रानीमहल भएर पठाइको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता हार्थोक जोर्ते सडक खण्डमा पनि सडक चौडा र मर्मतको कार्य सुरु भएको हुँदा चोक–चोकमा प्रहरी राखेर सवारी साधनलाई डाइभर्ट गरेको छ।

यी सडक भएर यात्रा गर्ने यात्रुले भने एकै पटक सबैतिर सडक हुँदा यात्रामा सास्ती खेप्नु परेको दुखेसो गरेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको