आगामी आर्थिक वर्षको बजेट १८ खर्ब, ६० अर्ब, ३० करोड (पूर्णपाठ)

काठमाडाैं। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट  प्रस्तुत गरेका छन् ।

व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालूतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री  पुनले बताए ।

पुँजीगततर्फ कुल विनियोजन रकमको १८.९७ प्रतिशत अर्थात् तीन खर्ब ५२ अर्ब  ३५ करोड बजेट विनियोजन गरिएको  छ । यस्तै वित्तीयतर्फ कुल विनियोजन बजेटको १९.७४ प्रतिशत अर्थात् तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ ।

यो अनुमान चालू आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।

हेर्नुहाेस् बजेटकाे पूर्ण पाठ

तपाईको प्रतिक्रिया