कोपनहेगन। जनसम्पर्क समिति डेनमार्ककाे नेतृत्व हस्तान्तरणा नहुँदा विवाद चर्किएका छ। चार वर्षे कार्यकालमा गरिएकाे सहमति कार्यान्वयन नहुँदा विवाद चर्किँदा संगठन व्यवस्थापनमा समस्या देखिएकाे हाे ।
सन् २०२१ डिसेम्बरमा भएकाे अधिवेशनमा सभापतिमा दुई जना आकांक्षीबीच चार बर्षे कार्यकाल आधा आधा गर्ने सहमति भएको थियो। यादव बस्नेत र बुद्धि प्रसाद सापकोटाले केन्द्रीय प्रतिनिधिको रोहवरमा यस्ताे सहमति गरेका थिए ।अधिवेशनमा भएको सहमति कार्यान्वयन नगर्दा विवाद भएकाे हाे ।
हालका सभापति यादव बस्नेतले अनेक बहाना बनाई षड्यन्त्र गरेको अर्का पक्षको आरोप छ। उक्त अधिवेशनमा सहमति नजुट्ने देखिए पछि संस्थापक सभापती नवीन राज पाैडेल, पुर्व सभापतिहरु त्रिलोचन सापकोटा, रामचन्द्र पाठक, नवीन आचार्य, वीरेन्द्र सिँह कार्की तथा तत्कालीन महामन्त्री दीपेन्द्र चुडालको पहलमा कार्यकाल आधा आधा गर्ने सहमति जुटेको थियाे। उक्त सहमति अनुरूप पहिलो २ वर्ष निर्वाध संगठनको नेतृत्व गरेका बस्नेतले आफ्नो समयावधि सकिदा पनि नेतृत्व हस्तान्तरण नगरी पदमा रहि रहन गरेको छलकपट भएकाे हाे ।
नेतृत्वलाई निरन्तरता दिन प्रोत्साहन दिने र सहमति कार्यान्वयनमा व्यवधान ल्याउन अनेक नयाँ शर्तहरू थोपर्ने निवर्तमान सभापति वीरेन्द्र कार्की, नवीन आचार्यलगायतका बस्नेतका अन्य केही मसिहाहरूले गरेको बेईमानीको कारण उनीहरू माथी पनी नैतिकताकोे प्रश्न उठेको अन्य सदस्यहरू बताउँछन् ।
यस सम्बन्धमा बुद्धि प्रसाद सापकोटा सँग सम्पर्क गर्दा उनले भने ” हस्तान्तरण गर्नुपर्ने बेलामा पनि आनाकानी गर्दै अनेक वाहाना निकाली कहिले अधिवेशन गर्ने भन्दै टार्ने त कहिले अमुक पात्र लाई दोषारोपण गरी हस्तान्तरणमा हलो अड़काई गोरू चुट्ने खालको बस्नेतको प्रवृत्ती षडयन्त्रमूलक ,लज्जास्पद भएकाे र नेतृत्वमा राजनीतिक नैतिकता ,संस्कार देखिएन “ र आफु पनि त्यही सहमति पत्र ,त्यही बन्द सत्रको मासले यादव बस्नेत संगै चुनिएकोले अवको नेतृत्वको जिम्मा स्वतः आफुमा आएको दावा हाल वरिष्ठ उपसभापति रहेका सापकोटाको छ। यसैगरी महामन्त्री कृष्ण गिरीका अनुसार – हालको नेत्रित्वले भद्र सहमतिको पालना गरी हस्तानतरण गर्नुपर्नेमा आफ्नो जोड रहेको बताए।
हालको कार्यसमितिका बहुमत सदस्यहरूले तथा पुर्व सभापतिहरु समेत नेतृत्व हस्तान्तरणकोे पक्षमा रहेर बैठक बसी निर्णय नै गरिसकेको भए पनि हालका सभापति बस्नेतसँग इमान्दारिता नदेखिएको र संस्थाका बहुमत सदस्यहरूको रायलाई लत्याउँदै आफ्नो कार्यकाल लम्ब्याउने दाऊमा बस्नेतले अधिवेशन घोषणाको नाटक गरेको महामन्त्रीको ठम्याई छ।
यस सम्वन्धमा पूर्व सभापति रामचन्द्र पाठकको राय माग्दा उनी भन्छन – नेकाको १४ औं अधिवेशनको क्रममा जसस पोर्तुगल, बेल्जियममा पनि डेनमार्कमा जस्तै नेतृत्व आलोपालो गर्ने सहमति साथ तत्कालीन अधिवेशन सम्पन्न भएको रहेछ आज ति देशमा सहज नेतृत्व हस्तान्तरण भईसकेको अवस्थामा जसस डेनमार्कमा मात्र हस्तान्तरण नभई संगठन विवादमा तानीनु विडम्वनापूर्ण छ।
यसले संगठनको एकतामा ह्रास ल्याउने र कमजोर बनाउने छ। हिजो भएको सहमति कार्यान्वयनमा जो जसले बदनियत राखे पनि कार्यान्वयनको मुख्य दायित्व यादब बस्नेतको नै रहेको र त्यसमा उनी चुकी सकेका छन। ईमानदारिता, विस्वास,एकता सहकार्यलाई तिलान्जली दिएर जससको नेतृत्वमा टिकीरहने कुण्ठाको राजनीतिले बस्नेतको अवको यात्रालाई दुर्घटना तर्फ लैजाने निश्चित प्रायः छ। आफुले बस्नेत लगायत सहमति पत्रका हस्ताक्षरकर्तासंग ८/१० पटक बसेर छलफल गर्दा पनि सहमति टुंगोमा पुर्याउन बस्नेत एण्ड कम्पनी नै तंगारो बनेको पाठक बताउछन्।
विभिन्न उद्देश्यका लागि संगठनका सदस्यहरू बाट उठाएको रकम र दीपावलीमा देउसी भैलो खेलेर जम्मा गरेको करिव ८० हजार डेनिश क्रोनर ( करिव १५ लाख ५० हजार नेपाली रूपियां) जसस डेनमार्कसंग हुनु पर्ने देखिन्छ। तर २०१७ देखी आज सम्म सभापति र उनका निकटतमहरूले नै आफनो खातामा राखी उपयोग गरेको र तत्कालीन कोषाध्यक्षको हैसियदले व्यक्ति-व्यक्ति छरिएको पैसालाई एकत्रित गर्ने ,संगठनको आयब्यय पारदर्शी गराउने बारम्बारको आफनो कोसिस सभापतिको गुटबन्दीको कारण असफल भएको र स्वतन्त्रतापूर्वक कोषाध्यक्षको रूपमा जिम्मेवारी बहन गर्न नपाएको कारण आफुले पद बाट राजिनामा दिएको संगठनमा २ कार्यकाल कोषाध्यक्षको भूमिकामा रहेका श्याम सुवेदीको भनाइ छ।
यादव बस्नेतले भने केही साथीहरू बीच कुरा नमिल्दा नेतृत्व हस्तान्तरण नगरिएकाे भन्दै पन्छिने गरेका छन् । उक्त सहमति गरिएको र सहमति कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएको त्यो बेलाको भिडियो पनि हाल सार्वजनिक भएको छ।





















