विश्वकप क्रिकेटमा सहभागी हुन वेष्टइण्डिज पुगे सन्दीप

काठमाडाैं। आईसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार सन्दीप वेष्टइण्डिजमा नेपाली टोलीमा समावेश हुनेछन् । क्यानले वेष्टइण्डिज  पुगेपछि मात्र क्यानले आधारिकारिक विज्ञप्ति जारी गरेको छ ।

क्यानका अनुसार सन्दीपको नाम सामवेश गर्दै तीव्र गतिका युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो ।

तर अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डालसमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए । साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा हुने श्रीलंकाविरुद्धको खेल पनि गुमाउनेछन् ।

नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग पर्सि बिहान खेलेपछि वेष्टइण्डिज सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग असार १ गते र बंगलादेशसँग असार ३ गते खेल्नेछ ।

तपाईको प्रतिक्रिया