भोजपुरमा बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडाैं। भोजपुरमा बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेकाे प्रहरीले जनाएकाे छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती बालिकालाई उनैको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुका बलात्कार गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया