
तानसेन । पाल्पाको पुरानो र ऐतिहासिक महत्व बोकेको कमल पोखरी तालमा पर्यटन पर्वधन गर्नका लागि सौन्दर्यीकरणसंगै कमलको फूलको संरक्षणमा चासो देखाउन थालिएको छ । संरक्षण अभावले कुरुप बनेको ताललाई संरक्षण गरी ढकमक्क कमल फूलाइएको हो ।
जलकुम्भीसंगै प्लास्टिक र अन्य पोहोरले गर्दा दूषित बनेको तालको तानसेन नगरपालिकाको पहलमा संरक्षण गरी सौन्र्दयकरण गरिएको हो । तानसेन ७ को प्रभासमा रहेको धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको कमल पोखरीमाख रहेको फोहारलाई सफाई गरी पर्यटक आर्कषणका लागि अन्य पूर्वाधार निर्माण गरिएको छ ।
अहिले तालमा ढकमक्क कमल फूलेका छन् । फुल हेर्न र तालको मनोरम दृश्य अवलोकनका लागि आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ ।
तानसेन नगरपालिका भित्रको ऐतिहाकि ठाउँ भएका कारण आफूहरुले प्राथमिकतामा पारेर यसको संरक्षण र प्रचारका लागि पहल गर्दै आएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। ।
तालमा रहेको पुरानो धान कमलका फुलहरु फोहोरका कारण हराउँदै गएपछि यसको संरक्षण गर्न वडा कार्यालयले स्थानीय सरोकारवालासंगको पहल गरेको वडाअध्यक्ष प्रदीप खनालले जानकारी दिए।
तालमा फोहोरजन्य पर्दाथ थुप्रिएर कुरुप अवस्थामा रहेको हुँदा फोहोर व्यवस्थापन गरी कमलका फुलहरु फुलेपछि अहिले पर्यटकको आर्कषण बढ्न थालेको स्थानीयले बताएका छन् ।
कुनै समय पोखराको फेवातालमा जस्तै डुंगा चल्ने यो तालमा पर्यटकको आकर्षण बढाउन पुनः डुंगा संचालन गरी अन्य पूर्वाधार बनाउन सके लुम्बिनी र पाेखराको यात्रामा हिड्ने यात्रुलाई सिद्धार्थ राजमार्ग छेउकै कमल पोखरीको अवलोकन गराउन सकिनेछ ।